पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

मूर्धन्य साहित्यकार शेखर 'अस्तित्व'को गजल

२०८१ जेष्ठ १९, शनिवार १२:४७ बजे

गजल

     - शेखर 'अस्तित्व'

कुन्नी अचेल कहाँ होलिन्, सानो छँदा ताक्ने केटी ! नजिक जाँदा, लुकिहाल्ने, टाढाबाट डाक्ने केटी !

पढ्छु भन्दै, घण्टौं सम्म, एकोहोरो, हेर्दै बस्ने ! मेरो तस्विर, किताबको, पाना भित्र, राख्ने केटी !

मैले बोक्ने, रहर बोकी, नक्कल पार्दै, बसिराख्ने ! छोटो बाटो, हिंड्दा पनि, जानी जानी, थाक्ने केटी !

स्कूलमा, खानेबेला, आफ्नो टिफिन, जबर्जस्ती ! मलाई जम्मै खुवाउने र, आफू केवल चाख्ने केटी !

स्मृतिमा फुलेकी छिन्, “अस्तित्व" मा घुलेकी छिन् ! ईश्वर सँग, जहिले पनि, मलाईनै भाक्ने केटी !