एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ ।
इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो । जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २-१ मा पुर्याएको छ । भारतले पहिलो र दोस्रो टि ट्वान्टी आईमा जितेको थियो ।
१ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोड्यो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
ओपनर अभिषेक शर्माले १४ बलमा ५ चौकाको सहयोगमा २४ रन बनाए । तिलक बर्मा १३ बलमा १८, अक्षर पटेल १५ तथा कप्तान सुर्य कुमार यादव १४ रनमा आउट भए ।
इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २, मार्क वुड र आदिल राशिदले समान १ विकेट लिए ।
त्यसअघि राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो ।
इङ्ग्ल्याण्डका लागि ओपनर बेन डकेटले सर्वाधिक ५१ रन जोडेका थिए । उनले २८ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । लियम लिभिङ्स्टोनले २४ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाएका थिए ।
कप्तान जस बटलर २२ बलमा २४ रनमा आउट हुँदा आदिल राशिद र मार्क वुडले नट आउट १० रन जोडेका थिए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुणले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले २ , रवि बिश्नोइ र अक्षर पटेलले समान १ विकेट लिएका थिए । चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ ।