पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

आधा घण्टाको बर्षाले गौरको मुख्य सडक खण्ड जलमग्न

२०८१ आषाढ १०, सोमवार ०९:०६ बजे

तस्विर: सामाजिक सञ्जाल 

रौतहट- रौतहटको गौरमा आज परेको एक्कासी भारि बर्षाले गौर मुख्य सडक खण्ड जलमग्न भएको छ । 

मनसुन सुरु भएसँगै गौरमा यसपटकको बर्षा याममा भएको पहिलो भारि बर्षा हो । करिब आधा घण्टा भएको भारि बर्षाले गौरको मुख्य सडक खण्ड जलमग्न भएको हो । 

सामान्यतया बर्षामा डुबानमा पर्ने रौतहटको सदरमुकाम गौरमा यसपटकको बर्षाले देखाएको संकेत सामान्य भने छैन। बि.सं.२०५० सालतिरको बाढीले हजारौं बिगाहा खेतियोग्य जमिन नष्ट गरेको यस क्षेत्रमा ठूलो धनमालको क्षति व्यहोर्नु परेको थियो। दक्षिण सिमानामा भारतले एकतर्फी बाध लगाए पछी पानीको सहज निकास थुनिदा गत साल पनि सामान्य बर्षाले जनजिवन प्रभावित हुन पुगेको थियो। 

यस बर्षको मौसम पुर्वानुमानका अनुसार बिगतका बर्षहरुमा भन्दा सामन्यतया बढि पानी पर्ने अनुमान गरिएको छ । यद्यपि बिपद व्यवस्थापनको जिम्मेवारी सम्हालेका निकायहरुमा हालसम्म पनि पुर्व तयारीको अवस्था भने नाजुक देखिएको छ।

आज भएको बर्षाले अतिवृष्टिको संकेत देखिएतापनि सम्बन्धित निकायहरु सचेत नरहेको अवस्थाले आउने दिनहरुमा बर्षा पश्चात गौर वासिन्दाहरुको जनजिवन सामान्य नरहने दाबी बुद्धिजिवीहरुले गरेका छन् ।