पाठशाला न्यूज
 २०८० आश्विन ११, बिहीबार    

मोरक्कोमा भुकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ६३२ पुग्यो

२०८० भाद्र २३, शनिबार १३:५७ बजे

काठमाडौं–मोरक्कोको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६३२ पुगेको छ । त्यस्तै ३२९ जना घाइते भएको र तीमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको सीएनएनले उल्लेख गरेको छ । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।