पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

बागमती नदीमा बेपत्ता ६ मध्ये २ जनाको शव भेटियो

२०८० श्रावण २४, बुधवार १७:५१ बजे

हेटौँडा –मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये बुधबार दुई जनाको शव फेला परेको छ ।
बागमती–५ सिग्रेदोभानमा मंगलबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी र डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ ।