पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२०८० चैत्र २३, शुक्रबार १४:५० बजे

चितवन- चितवन जिल्ला अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरुको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।