पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

अध्यक्ष प्रचण्डको निर्देशन बिपरित मुख्य मन्त्री शर्माले कर्णालीमा विश्वासको मत लिने

२०८० चैत्र २०, मंगलबार ०८:५१ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि प्रचण्डको निर्देशन बिरुद्ध कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले आज मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएतापनि मुख्य मन्त्री शर्माले उक्त निर्देशन बिपरित विश्वासको मत लिने तयारी गरेका हुन्। 

मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिएको सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिएका छन्।

मन्त्री जिसीका अनुसार अध्यक्ष कमरेडले मुख्यमन्त्रीज्यूलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भन्नु भएको थियो तर मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको बताएका छन्।

मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएकोछ