एजेन्सी- अमेरिकी राष्ट्रपति चुनावमा पराजय व्यहोरेपछि कमला ह्यारिसले चुनावी नतिजालाई सम्मान गर्नुपर्ने बताएका छन् । चुनावमा हारे पनि आफुले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएपछि एक सम्बोधन गर्दै उनले आफ्ना समर्थकलाई आफ्नो आदर्शका लागि कहिल्यै हार नखान र डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेका हुन् ।
‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भने, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’
आफ्ना समर्थकको निराशा चिर्न ह्यारिस चुनावी अभियान गीतसँगै मञ्चमा पुगेका थिए । सो क्रममा उनले आफ्ना रनिङ मेट, मिनेसोटा राज्यका गर्भनर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, पोल वर्कर र चुनावी अधिकारीलाई धन्यवाद दिए ।
उनको भाषणका दौरान धेरैजसो समर्थक आँसु पुछ्दै गरेका देखिएका थिए । चुनावमा हार हुनका बाबजुद पनि आफूले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता जनाएका छन् । जसका लागि आफूले अभियान चलाउने घोषणा पनि उनले गरे ।