पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

सुगन्धित तेलजन्य बनस्पति व्यवसाय आपुर्ति सम्बन्धि गोष्ठी सम्पन्न

२०७९ मंसिर १०, शनिबार १३:२८ बजे

दिपु मिश्र
रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा सुगन्धित तेलजन्य बनस्पति व्यवसायको आपुर्ति श्रृङ्खला सम्बद्ध बहुसरोकारबालाहरुको कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
शुक्रबार एक होटलमा गुजरा नगरपालिका कार्यालय सिम्राभवानीपुरको आयोजना तथा नेपाल सरकार उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धी) को प्राबिधिक सहयोग तथा सहजीकरणमा सुगन्धित तेलजन्य बनस्पति व्यवसायको आपुर्ति श्रृंखला सम्बद्ध बहुसरोकारबालाहरुको कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो । करिब ३ करोडको लगानीमा गुजरा नगरपालिकाको वडा नम्बर २ चोचा मैढा र वडा नम्बर ८ जुगौलीयाका ३ सय ५० जना कृषकहरुको खालि रहेको बाझो जमिनको सदुपयोग गरि थप आय–आर्जनमा वृद्धिका लागि यस कार्यक्रमको योजना सुरु गरिएको आपुर्ति श्रृङ्खला अधिकृत पुरन साहले जानकारी दिएका छन् ।
उनले समृद्धि आयोजनाको पहलमा नगरपालिका भित्रै इसेन्स अरोमा कम्पनी स्थापना गरि तेल प्रसोधनको क्रियाकलाप नियमित रुपमा संचालन गरेको समेत जानकारी दिए । गुजरा नगरपालिका भित्र २ वटा वडाका सामुदायिक वन उपभोक्ता समिती कृषकहरुले हाल ४० हेक्टर जमिनमा सुगन्धित तेलजन्य बनस्पतिहरु उत्पादन गरेर आफ्नो आर्थिक गुणस्तरलाई बलियो बनाउनका लागि सरकारद्धारा यस्ता कार्यक्रमहरु संचालन गरिएको अधिकृत साहले जानकारी दिएका छन् ।
सुगन्धित तेलजन्य बनस्पतिहरु उत्पादन अन्र्तगत एक बर्षिय बाली मेन्था,केमामिन लगायत र बहुबर्षिय बाली लेमनग्रास,सिट्रोनेला,पाल्मारोजा लगायतका बिरुवाहरु उत्पादन प्रबर्धन गरि आर्थिक बिकासको प्रारम्भिक छलछल र ती उत्पादीत बालीहरुको सकारात्मक पक्षको बिषयमा बहुसरोकारबालाहरु संग कार्यशाला गोष्ठी संचनालन गरिएको अधिकृत साहले बताए । सो कार्याक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल धामी,उप-प्रमुख रत्ना लामा,प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल, बनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेन, जडिबुटी उत्पादन तथा प्रसोधन केन्द्र तामागढी बाराका प्रमुख बखत बहादुर साउद,कृषि बिकास बैंक,अजोड इन्स्योरेन्स कम्पनीका प्रतिनिधि लगायत बिभिन्न जिल्लाका प्रसोधन कर्ता व्यापारीहरु र कृषकहरुको सहभागिता रहेको थियो ।