पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

२०८१ आषाढ ९, आइतवार ११:४५ बजे

काठमाडौं- जारी कोपा अमेरिकामा भेनेजुएला र मेक्सिकोले विजयी शुरुवात गरेका छन् ।

आइतवार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो । भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा खेलको २२औं मिनेटमा नै इक्वेडरका इन्नर भलेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा खेलेको थियो । यो जितपछि समुह बी मा भेनेजुएलाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

त्यस्तै आजै सम्पन्न अर्को खेलमा मेक्सिकोले जमैकालाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि समुह बी मा मेक्सिकोले ३ अंक हासिल गरेको छ ।