पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

ब्राजिलले गर्यो कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा

२०८१ वैशाख २९, शनिवार ०७:४९ बजे

काठमाडौँ : ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।
ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।
ब्राजिलको टिमः
गोलकिपरः बेन्टो, एडरसन, एलिसन ।
डिफेन्डरः डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस ।
मिडफिल्डरः आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा ।
फरवार्डः एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर ।
कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टा रिकाविरुद्ध खेल्दै छ ।