पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

अन्तिम खेलमा नेपालले आज युएईलाई जित्नैपर्ने दबाब

२०८१ कार्तिक २८, बुधवार ०७:१९ बजे

काठमाडौं- आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनौटमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप एसिया छनोैटमा नेपालका लागि यो अन्तिम खेल हो ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोैटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा मंगलवार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ। रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्नुपर्नेछ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

अर्को बर्ष  मलेसियामा यु –१९ विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ।