पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

टोखाको जंगलमा युवाले गरे आत्मदाहको प्रयास

२०८० फाल्गुण १८, शुक्रवार १८:२९ बजे

काठमाडौं : काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका थिए । शरीरको ७० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।
महाराजगञ्जस्थित टिचिङ अपस्तालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बर्न सेन्टर कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।