पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

रौतहट ट्राफिकद्वारा पहिलो चौमासिकमा करिब ३६ लाख राजश्व सङ्कलन

२०८१ मंसिर ५, बुधवार १२:३९ बजे

रौतहट- रौतहट स्थित ट्राफिक प्रहरीले यस आर्थिक वर्षको पहिलो चौमासिकमा करिब ३६ लाख रुपैयाँ राजश्व सङ्कलन गरिएको छ।

रौतहट ट्राफिकले उक्त राजस्व झन्डै ४ हजार सवारी धनीलाई गरेको कारबाहीबाट सङ्कलन गरेको हो।

जिल्ला ट्राफिक कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरूले सवारी धनीलाई गरेको कारबाहीबाट उक्त राजश्व सङ्कलन गरिएको हो। गत साउन महिनादेखि कार्तिक मसान्तसम्म जिल्ला भरीमा ट्राफिक नियम विपरीत चलेका ३ हजार ९ सय ९४ सवारी धनीलाई कारबाही गरी कुल कुल ३५ लाख ८३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्। 

ट्राफिक नियम विपरीत चल्ने सवारी साधनमा सबै भन्दा बढी मोटरसाइकलको सङ्ख्या रहेको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्। सोही अवधिमा जिल्ला भरीमा कुल २ सय २१ वटा सवारी साधन दुर्घटना भएको छ।

उक्त दुर्घटनामा परेर महिला पुरुष गरी १६ जनाको मृत्यु हुनुका साथै ३ सय ९४ जना घाइते भएकी ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ। बढ्दो सवारी दुर्घटना नियन्त्रणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्दरनिगाहपुर मातहत गौर, बमनहर, सुकदेव चौक, गरुडा, बागमती, डुमरिया मतटऔँन, बिजयपुर, मौलापुर, बनंकुल लगायतका स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको सूचनामा उल्लेख गरिएको छ।