पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत

२०८० भाद्र २१, बिहीवार ००:११ बजे

काठमाडौं–एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली बुधबार फर्किएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको भब्य स्वागत गरिने छ । समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैंमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन् ।