पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

एमालेका महासचिव शंकर पोखरल सवार गाडी दुर्घटना

२०८० माघ २८, आइतवार १९:०० बजे

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरल सवार गाडी दुर्घटनामा परेको छ।

शनिबार दैलेख जाने क्रममा महासचिव पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो।

महासचिव पोख्रेल चढेको गाडी दुर्घटनाको जानकारी दिँदै एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जाल फेसकुबमा लेखेका छन्, ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना!

हिजो सुर्खेतको दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पर्‍यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ।’ 

सामान्य चोटपटक लागेका महासचिव पोखरेलको ट्रमा सेन्टरमा उपचार भएको हो।