गीति लघुकथा
दहेज प्रथा- कवितकार र आत्मा बीचको कुराकानी
- प्रियम झा
एउटा केटीको शव नदीमा तैरिरहेको थियो। त्यहाँ उभिएको कवितकारले त्यो शवसँग सोध्यो?
को हौँ तिमी सुकुमारी बहिरहेको यो नदीको पानीमा ?
कोही त होला तिम्रो आफ्नो, मानव निर्मित यो भुगोलमा!?
कुन घरकी छोरी छौ तिमी,
कुन क्यारीको कोपिला हौँ तिमी?
कसले छल गरेकोछ भन,
किन दुनियाँ छोडेर गयौं तिमी?
कसको नामको मेहंदी हातमा लागेकोछ तिम्रो ?
भन कसको नामको टीकुली निधारमा सजेकोछ?
हेर्दा तिमी राजकुमारी, की भगवान घरबाट आएकी छौ?
यति सुन्दर यो मुहार तिम्रो, यो मुहार कहाँबाट ल्याएकी छौ?
कवितकारको कुरा सुनेर आत्म बोल्छन्-
कवितकार मलाई क्षमा गर, गरीब बाबाकी छोरी छु।
त्यही भएर मृत्यु को भांति, जलको धारामा पल्टेएकीछु।
रूप रंग र सुन्दरताले मेरो पहिचान देखाउँछ!
कंगना, चुडी, बीन्दी, मेहंदी सुहागन छु भन्ने बताउँछ!
श्रीमानको सुखलाई सुख सम्झे,
श्रीमानको दुःखमा दुःखी थिए !
जीवनको यो लामो बाटोमा श्रीमानसँगै हिँडेकी थिए !
श्रीमानलाई मैले दियो सम्झे, उसको लहरमा जलेकी थिए !
आमा बुवा को साथ छोडेर उसकै रंगमा रंगिएकी थिए !
तर
उ त निस्क्यो सौदागर्ने, लगायो मेरो पनि मोल!
दान दहेजको कारण पिलायो विष पानीमा घोर!
दुनियाँको यो ठूलो वनमा सानो एउटा कोपिला थिए ! जसलाई मैले माली सम्झे उसैद्वारा छलिएको थिए !
भगवानसँग न्याय माग्न शवको ओछ्यानमा सुतेकी छु! दहेजको लोभि यो संसारमा दहेजको लागि वली चढेकी छु!