पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

एमाले प्रदेश सभा सदस्यका उम्मेद्वार चौधरी मत माग्दै घर–घरमा

२०७९ कार्तिक ३, बिहीबार १०:४२ बजे

चन्द्रपुर–नेकपा एमालेबाट रौतहट क्षेत्र नम्बर ४ (क) प्रदेश सभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ का एमालेका उम्मेदवारलाई भोट माग्दै चौधरीले घरदैलो अभियान तिब्र पारेका हुन । चौधरीले सुखी नेपाली र सम्बृद्ध नेपाल निर्माणका लागि सुर्य चिन्ह्मा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान तिब्र पारेको नेकपा एमालेका नेता बैजनाथ सहनीले बताए ।
रौतहट ४ को संघिय संसदमा उद्धव रेग्मी र (क) प्रदेशसभा सदस्यमा अखिलेश्वर चौधरी र (ख) प्रदेश सभा सदस्यमा अबुलकलाम आजाद उर्फ फुलबाबु उम्मेदवार रहेका छन् ।