दिपु मिश्र
रौतहट–पछिल्लो समय मधेस प्रदेशमा विकास निमार्णको कार्य तिव्र गतिमा भैरहेको छ । पुर्वाधार विकास कार्यालय रौतहटले गत आर्थिक वर्षमा विकास निमार्णको कार्यको ५१९ वटा योजना सम्पन्न गरेको हो ।
रौतहट र सर्लाही जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ५५९ वटा योजनामध्ये ५१९ वटा योजना सम्पन्न भएको जनाएको छ । प्रादेशिक तर्फ ५२३ वटा योजना मध्ये ५२० वटा योजनाको सम्झौता भई ४९४ वटा योजना सम्पन्न भएको,२० वटा योजनाहरु अधुरै रहेको र छ वटा कार्य नभएको पुर्वाधार विकास कार्यालय रौतहटका लेखा प्रमुख सुदिप गौतमले जानकारी दिनुभएको छ ।
संघिय ससर्त अनुदानतर्फ ३६ वटा योजना मध्ये ३० वटा योजनाको सम्झौता भई २५ वटा विकास निमार्ण कार्य योजना सम्पन्न भएको र पाँच वटा योजना अधुरो रहेको तथा समपुरक अनुदान र बिशेष अनुदानतर्फ कुनै पनि योजना नरहेको लेखा प्रमुख गौतमले पाठशाला न्युजलाई बताउनुभएको छ ।
विकास निमार्ण अन्तर्गत रातो किताब (रेड बुक) मा उल्लेखित सडक निमार्ण, ग्रेभल, ढलान, कल्भर्ट र पुल निमार्ण तथा मठ मन्दिर निमार्ण कार्य रहेको र प्रदेश सांसद कोष अन्तर्गत सडक निमार्ण,सामुदायीक भवन, बिद्यालय, मदरसा, मठमन्दिर, कम्पाउण्ड पर्खाल निमार्ण, नाला निमार्ण विद्युतीकरण, कब्रागाह, ट्युवेल जडान, सिचाई बोरिङ, प्रवेशद्धार निर्माण जस्ता योजनाहरु रहेको पुर्वाधार विकास कार्यालय रौतहटका कार्यालय प्रमुख विनोद कुमार ठाकुरले जानकारी दिनुभयो । त्यस्तै वित्तीय प्रगतीमा प्रदेशिक अन्तर्गत चालुतर्फ ९६.४३ तथा पुँजीगततर्फ ९०.०७ प्रतिशत रहेको र संघिय ससर्त अन्तर्गतको पुँजीगततर्फ ७३.९३ प्रतिशत र कुल जम्मा वित्तीय प्रगती ८८.८९ प्रतिशत प्रगती रहेको पुर्वाधार विकास कार्यालय रौतहटका लेखा प्रमुख गौतमले बताउनुभएको छ ।