पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व सङ्कलन

२०८१ जेष्ठ २९, मङ्गलवार ०९:०८ बजे

रौतहट- रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरिएको छ।

१७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचमा सवारी नियम उल्लङ्घन गर्ने ५३३ जना सवारी चालकलाई कारवाही गरी ६ लाख, १४ हजार राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको निर्देशनमा सदरमुकाम गौर, गरुडा , चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेपछि सवारी दुर्घटनामा कमी आउनुका साथै नियम विपरीत चल्ने सवारी धनीलाई कारवाहीको दायरामा ल्याइएको छ।