पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) द्वारा इजरायलको आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कि

२०८१ बैशाख ६, बिहीबार २१:५३ बजे

तस्वीर: एक प्राविधिकले इस्फाहानको युरेनियम प्रसोधन सुविधाको नियन्त्रण कोठामा काम गर्दै [फाइल: केरेन फिरोज / रायटर]

तेहरान/इरान- यदी इजरायलले इरानको आणविक केन्द्रहरुमा हमला गरे त्यसको जवाफमा  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायलको आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कि दिएका छन्।

गत हप्ता इरानले इजरायल माथि गरेको आक्रमणको जवाफ दिने इजरायली अधिकारीहरुको भनाईहरु बाहिरिँदै गर्दा आणविक स्थलहरुको सुरक्षाको जिम्मा पाएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले उक्त धम्कीयुक्त प्रतिक्रिया दिएका हुन्। 

केहि समय अगाडी इजरायली सेनाले सिरिया स्थित इरानको वाणिज्य दूतावासलाई लक्षित गरि गरेको आक्रमणमा इरानी सैन्य बरिष्ठ अधिकृतको मृत्यु भए पश्चात इरानले इजरायल माथि प्रत्यक्ष आक्रमण गरेको थियो। 

इजरायलका सबै आणविक हतियार र सुविधा केन्द्रहरुको पहिचान गरिएको र सबै लक्ष्यहरुको लागि आवश्यक जानकारीहरु भएको कुरा व्यक्त गर्दै आईआरजीसीका ब्रिगेडियर जनरल अहमद हगतालाबले इजरायलको आणविक स्थलहरूमा आक्रमण गर्ने चेतावनी दिएका हुन्।

"हाम्रा औंलाहरू तिनीहरूद्वारा सम्भावित आक्रमणको जवाफमा तोकिएका लक्ष्यहरूलाई नष्ट गर्न बलियो मिसाइलहरू प्रहार गर्ने ट्रिगरमा छन्," इरानी आणविक सुविधाहरूको सुरक्षाको जिम्मा पाएको IRGC डिभिजनका कमाण्डरले थप स्पष्ट पार्दै भनेका छन्।