पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

कोसी प्रदेशको बजेट प्रमाणीकरण

२०८० मंसिर १५, शुक्रवार १८:५६ बजे

विराटनगर: कोसी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण भएको छ । प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
मंसिर १३ गते बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोसी प्रदेश अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र कोसी प्रदेश विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा तथा कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित भएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए । मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गरिएको थियो ।