पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

२०७९ भाद्र १८, शनिबार १३:५८ बजे

जनकपुरधाम–मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाच वर्ष यो पदमा रहेका छन् ।
राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।
२०७४ को निर्वाचनमा महोत्तरी–३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।