पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

रवि लामिछाने र छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

२०८१ मंसिर ७, शुक्रवार १८:४४ बजे

चितवन- चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिए पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रवार रवि र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् ।