पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

रणवीरको अर्को फिल्म प्रोजेक्ट ‘लभ एन्ड वार’ एनिमल भन्दा बढी हिंस्रक

२०८० माघ २५, बिहीवार ०९:०५ बजे

मुम्बइ : फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो ।
अर्थात रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो ।
यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘एनिमल’मा जस्तै हिंस्रक बनाउने तयारी गरेका छन् । रणवीर कपूरकी पत्नी आलिया भट्ट र विक्की कौशलले उनलाई यो काममा साथ दिने छन् ।
एनिमल फिल्मको सफलतापछि रणवीर कपुरको एनिमल अवतारलाई निकै रुचाइएको छ । रणवीर कपुर फेरि एकपल्ट प्रेममा पागल र हिंस्रक युवाको भूमिकामा देखिनेछन् । उनले छिट्टै सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने खबर छ । यो फिल्मको नाम ‘लभ एन्ड वार’ हुनेछ । फिल्ममा धेरै माया हुनेछ र युद्ध पनि कम हुनेछैन भन्ने कुरा यसको नामबाटै स्पष्ट हुन्छ । यस फिल्मसँग सम्बन्धित मिडिया रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरको भूमिका फिल्म एनिमलमा रणविजयको जस्तै हुनेछ, जसमा उनी फिल्मको नायक हुनेछन् र नकारात्मक शेडहरू पनि भरिएका छन् ।
यस फिल्ममा रणबीर कपुरका अलावा आलिया भट्ट र विक्की कौशल पनि देखिनेछन् ।
पिंकभिल्लाको रिपोर्टका अनुसार सञ्जय लीला भन्साली लामो समयदेखि यस फिल्मको कथामा काम गरिरहेका छन्, जसलाई अहिले ‘लभ एन्ड वार’को नाम दिइएको छ । कथाको काम सकिए पछि मात्र उनले रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलसँग सम्पर्क गरेका थिए । यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने अनुमान गरिएको छ, जसमा प्रेम र युद्ध बाहेक संगीतले पनि भरिपूर्ण हुनेछ ।