पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

जापानले एक चिनियाँ जासूस विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ

२०८१ भाद्र ११, मङ्गलवार १०:३७ बजे

काठमाडौं- जापानले एक चिनियाँ जासूस विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ।

चिनियाँ विमानले प्रत्यक्ष रूपमा जापानी हवाई क्षेत्रको उल्लंघन गरेको यो पहिलोपटक हो।

जापानको सेनाले सोमबार भने अनुसार चिनियाँ वाइ-९ टोही विमान बिहान ११.२९ बजे (०२:२९जिएमटि) जापानको मुख्य दक्षिणी टापु क्युसुको दक्षिणपश्चिमी तटबाट डान्जो टापुहरू माथि दुई मिनेटको लागि परिक्रमा गरेको पत्ता लागेको थियो र ति लडाकु विमानहरू थिए। 

जापानका मुख्य क्याबिनेट सचिवले चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाएर यस हावाई क्षेत्रको उल्लंघन पूर्ण रूपमा अस्वीकार्य भन्दै बिरोध जनाए ।

यससँगै बेइजिङबाट आधिकारिक प्रतिक्रिया भने आएको छैन। हवाई क्षेत्र उल्लघंन गरेपछि भएको सोमवारको आक्रमण दुई मिनेटसम्म चल्यो र जापानीहरूले चिनियाँ विमानलाई "सूचना र चेतावनी" जारी गरे। प्रसारक एनएचकेका अनुसार फ्लेयर गन जस्ता हतियारहरू प्रयोग गरिएको थिएन।  

ताइवान र दक्षिण चीन सागरमाथिको आफ्नो दाबीमा चीनले यस क्षेत्रमा आफ्नो उपस्थितीलाई हालैका दिनहरुमा झनै तिब्रता दिदैं आएकोछ ।