पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

२०८० पौष २१, शनिवार ०९:२२ बजे

एजेन्सी : इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ ।
गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको जनाएको छ, जसमा १६२ जनाको मृत्यु भएको छ । २९६ जना घाइते भएका छन् ।
गत अक्टोबर ७ गते यता इजरायलले गाजाविरुद्ध सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ। घाइतेको संख्या ५७ हजार ९१० पुगेको छ ।
यसैबीच इजरायली सेनाले शुक्रबार मानवीय कारणका लागि भन्दै गाजापट्टीको रफाह शहरको तेल अलसुल्तान जिल्लामा ४ घण्टा सैन्य कारबाही स्थगन गर्ने जनाएको छ ।