पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

२०८१ वैशाख १, शनिवार १७:४७ बजे

काठमाडौं- आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।

आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो ।

कतारविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।