पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

२०८० चैत्र १५, बिहीबार १७:१० बजे

सुर्खेत- कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।

उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए ।