पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

२०८० फाल्गुण २९, मङ्गलवार १४:१४ बजे

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
लोसपाको सोमबार बसेको संसदीय दलको बैठकले संसद्मा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको एक नेताले बताए ।
त्यस्तै राष्ट्रिय सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारको विपक्षमा उभिने लोसपाको निर्णय छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको हो । कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनले माओवादीका नारायण दाहाललाई उम्मेदवार बनाएको छ ।
लोसपासँग राष्ट्रिय सभामा एक जना र प्रतिनिधि सभामा चार जना सांसद छन् ।