पाठशाला न्यूज
 २०८२ आषाढ ३, मङ्गलवार    

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसलाई

२०८१ आश्विन २०, आइतवार ०८:२० बजे

काठमाडौं- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।