पाठशाला न्यूज
 २०८२ मंसिर २३, सोमवार    

फिदिममा आगलागी हुँदा एक जना गम्भीर घाइते

२०८१ कार्तिक २०, मङ्गलवार १९:२० बजे

फिदिम- पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा मंगलबार अपरान्ह सवा चार बजे एउटा घरमा अचानक आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ६२ वर्षीय जयप्रकाश राई रहेको र उनलाई तत्काल उद्दार गरि पाँचथर अस्पताल पुर्याइएको थियो । ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको नेपाल प्रहरीले जनाएको छ।

आगलागी भएको घर स्थानीय कुमारी राईको रहेको र घाइते राईलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा पठाइएको प्रहरीको जनाएको छ।