पाठशाला न्यूज
 २०८२ मंसिर २३, सोमवार    

नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते

२०८१ माघ २७, आइतवार ०७:२९ बजे

चितवन- नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको हाे।

बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको चितवन प्रहरीले जनाएको छ।

बसमा सवार अन्य यात्रु भने सकुशल छन्। टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ।