सम्पादकीय/तेजविक्रम कार्की
काठमाडौं- इजरायल-हमास युद्धको एक बर्षको पूर्व सन्ध्यामा आइपुग्दा हमासले बन्धक बनाएको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी हालसम्म बेपत्ता हुँदा पनि सरकारले चासो देखाएको छैन।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनि तत्कालीन समयमा हमास समूहको बन्धनमा परेको बताइएको थियो ।
इजरायलमा हमास समूहको आक्रमणका क्रममाबिपिन बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात रहेको
गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले सुरुमा गरेकोपहल हाल आएर पूर्ण निष्क्रिय भएको छ । जोशीको अवस्थाबारे हालसम्म पत्ता लाग्न सकेको छैन ।
परराष्ट्रमन्त्री आरजु राणाको हालैका बिदेश भ्रमणहरुमा गर्न सकिने कुटनीतिक पहलमा संयुक्त राष्ट्रसङ्घ देखि कतार सम्म आइपुग्दा कतै पनि जोशीको उद्दारको एजेण्डा देखिएन। न प्रधानमन्त्री केपी शर्मा ओलीले यस सन्दर्भमा कतै चासो देखाए।
गैडाज र डाँफेजको याद विश्वभर दिलाएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा बिपिनलाई भुलेर फर्किए।
गणतन्त्रमा नागरिक मुख्य एजेन्डा हुनुपर्ने हुँदाहुँदै पनि बिपिन सरकारको चासोको बिषय किन हुन सकेनन् भन्ने प्रश्नले सर्वसाधारण नागरिकलाई अझैपनि गणतन्त्रको आभास हुन नसकेको दुबिधा दुबिधा नै रहने भयो ।