पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी रिहा

२०८० जेठ १५, सोमबार ११:०७ बजे

रौतहट–गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी बन्दी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताइरहेका १० जना कैदी रिहा भएका हुन् ।
रिहा हुनेहरूमा डाँका मुद्दामा कैदी जीवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्दाका कैदी रामनगर ४ सर्लाहीका हृदय बैठा भन्ने हरिदेव बैठा, सवारी अङ्गभङ्ग मुद्दाका कमलामाई ९ सिन्धुलीका कुल बहादुर कार्की लगायत रहेको जेलर मणि भूषण साहले जानकारी दिए ।