काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले शनिवार सम्पन्न खेलमा बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोटटेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो । लेस्टरको ७ खेलमा एक जित जित बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ ।
त्यसैगरी बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।