पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति जुमाले अब चुनाव लड्न पाउने

२०८० चैत्र २८, बुधवार ०९:३३ बजे

रियो दि जिनरियो- दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति ज्याकोब जुमाले चुनाव लडन पाउने भएका छन् ।

दक्षिण अफ्रिकाको एक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उनी चुनाव लडन पाउने भएका हुन्। 

अदालतले पहिलेको निर्णयलाई उल्टाउँदै देशमा हुन लागेको आम चुनावमा पदमा उम्मेदवार हुन सक्ने फैसला गरिदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचन आयोगले यसअघि जुमाको उम्मेदवारीमा आपत्ति जनाउँदै आपराधिक अभिलेखका कारण पदमा उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो। ‘निर्वाचन आयोगको निर्णय खारेज गरिएको छ,’ अदालतले आफ्नो फैसलामा लेखेको छ ।

सन् १९९४ मा प्रजातन्त्रको आगमन पछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुँदैछ।

जुन २०२१ मा जुमालाई आफ्नो राष्ट्रपतिको कार्यकालमा गरेको भनिएको आर्थिक भ्रष्टाचारमा बयान दिन अस्वीकार गरेपछि १५ महिनाको जेल सजायसमेत सुनाइएको थियो।