काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिस झाले नेपाली कांग्रेस वैद्धिक नेता स्वर्गीय प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला बनाउनुपर्ने बताएका छन् ।
काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रममा उनले यस्तो बताएका छन् ।
‘सिरहामा प्रदीप गिरिको आश्रम छ । त्यसलाई लोकतान्त्रिक समाजवादको पाठशालाका रुपमा सुरक्षित राखौँ,’ उनले भने, ‘उहाँलाई सम्झिने यो कोलाहलमा होइन, त्यो बगैँचामा सान्दर्भिक हुने छ । जुन रुख उहाँले रोप्नु भएको छ । त्यसैले त्यो आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला बनायौँ ।’
सबै राजनीतिक दलले यसका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । ‘परिवारलाई केही आर्थिक स्रोत दिएर सन्तोष दिनुपर्छ भने त्यसका लागि पनि आँटौं । अब उहाँले रोप्नु भएको रुखलाई सम्झेर श्रद्धाञ्जली दियौं,’झाले भने ।