पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

वन कार्यालय रौतहटद्धारा संचारकर्मिहरुसंग अन्तरक्रिया सम्पन्न

२०७९ फाल्गुन ११, बिहीबार १६:०९ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–डिभिजन वन कार्यालय रौतहटले संचारकर्मिहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विहिबार चन्द्रनिगाहपुरमा डिभिजन अन्तर्गत उत्पादित वन पैदावार जिल्लाका सर्बसाधारणहरुलाई सहजढंगले उपल्बध गराउने उदेश्यकासाथ जिल्लाका स्थानिय संचारकर्मिहरुसंग समन्वय गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका अवसरमा जिल्ला भित्रका स्थानियहरुलाई धार्मिक,सास्कृतिक तथा पुरातात्विक महत्व र सम्पदाको निमार्ण तथा संरक्षण,बिपदमा परेका परिवार,सवदाह संस्कार कार्य प्रयोजन,जनसहभागितामा गरिने बिकास निमार्ण,कृषि औजार,घरकाज निमार्ण कार्य र वन पैदावारमा आधारित उद्योग संचालन लगायतका क्षेत्रमा सहजरुपमा काठ दाउरा निवेदनका आधारमा उपलब्ध गराइने डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन् ।
उनका अनुसार साल प्रजातिको काठ ए,बी,सी,डि क्रमस १८ सय ५१ रुपैया ,१३ सय ४२ रुपैया ,१ हजार ३ रुपैया र पाच साय ७९ रुपैया कर समेत पर्नेछ । आउदो साता देखि क्रमिक रुपमा काठ दाउरा सहज तरिकाले बितरण गरिने प्रमुख कर्णले पाठशाला न्युनलाई जानकारी दिएका छन् ।