पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले सांसदको प्रश्नको जवाफ दिने

२०८१ भाद्र ११, मङ्गलवार ०७:५१ बजे

काठमाडौं- आज प्रतिनिधि बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठकमा मंगलबार मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ।

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउने कार्यसूची छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन्।

सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।