पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुँदै

२०८१ माघ १८, शुक्रवार ०९:२४ बजे

काठमाडौं- माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुँदै छन् ।

पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकै पटक भेला हुन लागेका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन् ।