पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

उपन्यास “दमिनी भीर” मा आधारीत नाटकको मञ्चन सुरु (भिडियो सहित)

२०८० भाद्र २४, आइतवार १२:४५ बजे

तेजविक्रम कार्की
काठमाण्डौं–प्रसिद्ध लेखक साहित्यकार मदन पुरुस्कार बिजेता राजन मुकारुङ लिखित उपन्यास “दमिनी भीर” उपन्यासमा आधारीत नाटक यहि भदौं २२ गते देखि मञ्चन सुरु भएकोे छ ।
नयाँ बानेश्वर थापा गाँउ स्थित मण्डला नाटक घरमा मञ्चन भईरहेको उक्त नाटक हरेक दिन साँझ ५ः३० बजे देखि प्रदर्शन हुनेछ भने सो नाटक शुक्रवार र शनिवारका दिन दिउँसो १ बजे देखि प्रदर्शन हुनेछ । सोमवारका दिन भने प्रदर्शन नहुने नाटकका परिकल्पनाकार तथा निर्देशक ईगिहोपो कोइँच सुनुवारले जानकारी दिनुभएको छ ।
नाटकको विषयमा लेखक राजन मुकारुङ भन्नुहुन्छ की – “सोच्नु” सहज छ , यस्तै लाग्छ । तर ,गम्भिर विषय “सोच्नु” चाँही कठिन छ । साह्रै सकस हुन्छ । अझ सामाजिक न्यायका पक्षमा “सोच्नु” त झनै जब्बर कुरा हो । धेरै उल्झनहरुसित जुझ्नुपर्छ । तिनलाई भत्काउन दरिलो आत्मविश्वास जगाउनु पर्छ ।

परिवर्तनका लागि होमिनु करिलो हुनु पर्छ । झन्डै पन्ध्र वर्ष अघि यस्तै केही सोचेर लेख्न थालिएको उपन्यास “दमिनी भीर” २०६९ सालमा प्रकाशित भयो । उबेला जे जसरी सोचियो र लेखियो । यतिबेला आफ्नै उपन्यासलाई नाटकमा लेखन गर्नु अप्ठेरो निश्चित थियो । उसमाथि उपन्यासका सबै पात्रहरुलाई एउटै नाटकमा उन्नु सम्भव हुँदैन नै । त्यसै र यहा “लक्ष्छी (माइली)” लाई केन्द्रमा राख्ने मनसाय गरियो । यसको खास कारण चाहिँ नेपाली समाजको रुपान्तरणका लागि पटक पटक भएका आन्दोलनहरु रुपमा सफल भए, तर सार र वैचारिक सौन्दर्यका दृष्टिले उही प्रताडन हावी भएरै आईरहयो, आइरहेकै छ । पछिल्लो समय त नेपाली समाजको जातिभेदी बितन्डा अझ पेचिलो भैरहेको छ । तब लच्छीहरुको आत्मविश्वासलाई बोकेर नाटक कला मार्फत जातिभेद विरुद्व प्रतिरोध गर्नै पर्दछ । यसै मेसोबाट यो नाटक लेखिएको हो ।
निर्देशक ईगिहोपो कोइँच सुनुवारले रैथाने ज्ञानको सौन्दर्यबोधका साथ काम गरेका छन् । साथै, नाटकमा जोडिनुभएका सबैले मेहनत गर्नुभएको छ । बहुत गज्जब लागेको छ भन्नुहुन्छ लेखक मुकारुङ ।
मदन पुरस्कार विजेता कृति “दमिनी भीर”मा आधारित नाटक मण्डला नाटक घरमा यहि असोज १० गते सम्म मञ्चन हुने भएको छ ।

भिडियो हेर्नुहोस :–