पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

मधेस प्रदेशसभा बैठक फागुन २ मा

२०७९ फाल्गुन १, सोमबार १४:२२ बजे

जनकपुरधाम–मधेस प्रदेशको प्रदेशसभा बैठक भोलि फागुन २ गतेका लागि आह्वान गरिएको छ । सभामुख रामचन्द्र मण्डलले भोलि फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।