काठमाडौं- ७१ जिल्लाका भूमि आयोगका अध्यक्षले सपथ ग्रहण गरेकोमा बाँकी ६ जिल्लाका भूमि आयोगको जिल्ला अध्यक्षहरु थप भई जिल्ला भूमि आयोगले पूर्णता पाएको छ।
यस अनुसार भूमि समस्या समाधान आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी, जुम्लामा सुरतबहादुर शाही, बझाङमा प्रयागराज जोशी, तेह्रथुममा गणेशबहादुर सोदेम्बा, कञ्चनपुरमा नेत्रप्रकाश पन्त र सप्तरीमा अखिलेशकुमार झा रहेका छन् ।
सोमवार ७१ जिल्लाका भूमि आयोगका अध्यक्षले शपथ गरेकोमा प्राविधिक कारणले छुट्न गएका ६ जिल्लाका अध्यक्षलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराएका छन् ।
जिल्ला भूमि समस्या समाधान आयोगमा एक अध्यक्षसहित पाँचजनाको आयोग बन्ने व्यवस्था रहेको छ । सपथ ग्रहणका क्रममा मन्त्री अधिकारीले ७७ वटै जिल्लाहरूमा अब जिल्ला भूमि आयोगले पूर्णता पाउने बिश्वास समेत व्यक्त गरेका छन्।