पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

दोलखा केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

२०८० फाल्गुण ८, मङ्गलवार ०८:४७ बजे

काठमाडौँ : काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
जसको प्रभाव काठमाडौँमा समेत महसुश भएको छ । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।