पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

इलाम-२ को उपनिर्वाचनमा सुहाङलाई २ हजार मतको अग्रता

२०८१ वैशाख १७, सोमवार ०६:४४ बजे

इलाम- इलाम-२ को उपनिर्वाचनमा पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।

नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्। अहिलेसम्म १५ हजार ९६८ मत गनिएको हो जसमा १८९ मत बदर भएको छ।

उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्। 

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडा गनिसकिएको छ।