पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेकपा एमालेका मधेस प्रदेश सचिव डा.कृष्ण प्रसाद पौडेलको निधन, प्रदेश अधिवेशन स्थगित

२०८० आश्विन २५, बिहीवार २०:५६ बजे

बारा- नेकपा एमालेको वर्तमान मधेस प्रदेश सचिव तथा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका निवर्तमान प्रमुख डा. कृष्ण प्रसाद पौडेलको निधन भएको छ । 

बिहिबार एक्कासी सम्पर्कबिहीन भएका डा. पौडेल आफ्नै निजी निवासमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।

उता जनकपुरधाममा चलिरहेको मधेस प्रदेश अधिवेशनको दोस्रो दिन डा.पौडेलको निधन भएको खवरले २६ गते शुक्रबार बिहान ८ बजे देखि पुनः सुरु हुनेगरी अधिवेशन स्थगित गरिएकाे छ ।

डा.पौडेलको निधनको खबरले स्तब्ध भएको अधिवेशनमा एक मिनेट मौन धारण समेत गरिएको थियो ।