पाठशाला न्यूज
 २०८१ आषाढ १७, सोमवार    

झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत

२०८१ आषाढ १४, शुक्रवार १६:२८ बजे

काठमाडौं- भारतको झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत दिइएको छ ।

हेमन्त सोरेनले कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट जमानत पाएका छन् ।

न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले दुई वटा ५० हजार रुपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको छ ।

सोरेनलाई ईडीले जनवरीमा पक्राउ गरेको थियो । अब उनी करिब पाँच महिनापछि जेलबाट बाहिर आउने भएका छन् । उनलाई कथित जग्गा घोटालामा पक्राउ गरिएको थियो ।