पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

मर्यादित टिकटक चलाउन पाइयोस् : मेयर बालेन

२०८० कार्तिक २८, मङ्गलवार १५:४३ बजे

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् ।
टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् ।
करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको आग्रह छ ।
टिकटकबाट भिडिओ दुरुपयोगबाट आफू पनि पीडित भएको शाहले सामाजिक सञ्जालमा लेखेका छन् । ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।
नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए ।
नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको महानगर प्रमुख शाह बताउँछन् । ‘मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ शाह भन्छन् ।