पाठशाला न्यूज
 २०८१ चैत्र ६, बुधवार    

सिन्धुलीमा ईभी दुर्घटना हुँदा चालकको मृत्यु हुनुका साथै पाँच जना घाइते

२०८१ माघ २५, शुक्रवार ०८:४० बजे

सिन्धुली- झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना हुँदा चालक मृत्यु हुनुका साथै पाँच जना यात्रु घाइते भएका छन्।

बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी शुक्रवार बिहान दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी सडकबाट झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।